काठमाडौं । रसुवामा आएको बाढीका कारण हालसम्म १ हजार ५८ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। मंगलबार दिउँसो २ बजेसम्म फेला परेका शवमा ३० बालक, ३५ बालिका, २३२ महिला, ३७१ पुरुष र ३९० आंशिक अंग भएका शव रहेका छन्।
प्रहरीका अनुसार फेला परेका शवमध्ये ९७२ जनाको लास जाँच मुचुल्का भइरहेको छ। ५८ शव आफन्तलाई बुझाइएको छ भने पहिचान खुल्न नसकेका ६८४ शव जमिनमुनि व्यवस्थापन गरिएको छ।
प्रहरीको तथ्यांकअनुसार बाढीपछि हालसम्म ४ हजार ६०६ जना सम्पर्कविहीन छन्।
सम्बन्धित खबर

