काठमाडौं । रसुवाको टिमुरे भन्सार कार्यालयका अधिकृत नकुल शर्मा मृत अवस्थामा फेला परेका छन्।
भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका शर्माको शव त्रिशूली नदीको किनार, गोरखातर्फ भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। हुम्लाको ताजाकोट गाउँपालिका–२ का शर्मा हुन्।
पोष्टमार्टमपछि परिवारले उनको शव बुझेको छ। गोरखातर्फको त्रिशूली नदी तटीय क्षेत्रमा हालसम्म ६५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर


