काठमाडौँ । भोटेकोशी बाढीबाट भएको क्षति, उद्धार, राहत तथा पुनःस्थापनाबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ।
दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने बैठकमा बाढीका कारण बेपत्ता भएकाको खोजी, प्रभावितको उद्धार र राहत वितरणबारे छलफल हुनेछ। साथै, विपद् न्यूनीकरण तथा पूर्वतयारीका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ।
सम्बन्धित खबर


