कृष्णभीर अवरुद्ध भएपछि बाहिरी जिल्लाबाट काठमाडौंमा ग्यास आपूर्ति


काठमाडौं ।  पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएर यातायात अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा ग्यास आपूर्ति सहज बनाउन राजधानी बाहिरै ग्यास भर्न थालिएको छ।

नेपाल आयल निगमले उद्योगीलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएपछि उपत्यका र छिमेकी जिल्लाका १६ ग्यास उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का उद्योगसँग समन्वय गरेका छन्।

बाहिरी उद्योगमा भरेको ग्यास त्रिभुवन राजपथलगायत वैकल्पिक सडकबाट काठमाडौं ल्याइनेछ। उद्योगीहरूले ग्यास आपूर्तिमा अभाव नहुने भन्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आग्रह गरेका छन्।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार