भोटेकोशी–त्रिशुली बाढीमा २५ अर्ब ८७ करोडको बिमा दाबी


काठमाडौं । भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीबाट भएको क्षतिमा २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँभन्दा बढीको बिमा दाबी पर्ने प्रारम्भिक अनुमान गरिएको छ।

नेपाल बिमा प्राधिकरणका अनुसार भदौ १५ गतेसम्म बाढीबाट ५८३ वटा बिमित प्रभावित भएका छन्। सबैभन्दा ठूलो दाबी द ओरिएन्टल इन्स्योरेन्समा १३ अर्ब ४ करोड २१ लाख रुपैयाँ पर्ने अनुमान छ।

त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्समा ४ अर्ब ९७ करोड ४८ लाख, सानिमा जीआईसीमा २ अर्ब १० करोड २८ लाख, सिद्धार्थ प्रिमियरमा १ अर्ब ८८ करोड ७३ लाख र शिखर इन्स्योरेन्समा १ अर्ब ८७ करोड ५४ लाख रुपैयाँको दाबी पर्ने प्रारम्भिक अनुमान छ।

बिमाको प्रकारअनुसार इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमामा सबैभन्दा बढी २० अर्ब ५० करोड ७७ लाख रुपैयाँको दाबी पर्ने देखिएको छ। सम्पत्ति बिमामा २ अर्ब ३४ करोड ६२ लाख, मोटर बिमामा १ अर्ब ५५ करोड ९ लाख, परिवहन बिमामा ८९ करोड ७७ लाख र अन्य बिमामा ५२ करोड ९२ लाख रुपैयाँको दाबी पर्ने अनुमान गरिएको छ। स्वास्थ्य बिमातर्फ ४ करोड १६ लाख रुपैयाँको दाबी पर्ने प्राधिकरणले जनाएको छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार