काठमाडौं । हिमालयन बैंकले रसुवा बाढीपीडितको उद्धार, सहायता तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा प्रदान गर्ने जनाएको हो। अप्रत्याशित विपद्पछि प्रभावित समुदायको उद्धार तथा राहतमा जुट्न सबैलाई आग्रह गर्दै बैंकले विपद्का बेला प्रभावित समुदायको साथमा रहँदै सक्दो सहयोग गर्न सदैव तत्पर रहेको जनाएको छ।
सम्बन्धित खबर

