काठमाडौं ।भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवासँगै नुवाकोटमा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीका कारण धेरैले ज्यान गुमाएका छन् भने भौतिक संरचना तथा सडक–पुलमा समेत ठूलो क्षति पुगेको छ।
बाढीले नियमित आवतजावतका पुल तथा बाटो बगाएपछि नुवाकोटका त्रिशूली नदी तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ। आवतजावतमा समस्या भएपछि विदुर नगरपालिका–१ र ९ नम्बर वडा जोड्ने त्रिशूली नदीमा मंगलबार बिहान तुइन जडान गरिएको हो।
सर्वसाधारणलाई नदी वारपार गर्न सहज होस् भन्ने उद्देश्यले तुइन जडान गरिएको बताइएको छ। बाढीबाट प्रभावित घाइते तथा विस्थापितहरू भने अझै उपचार र राहतको पर्खाइमा रहेका छन्।
सम्बन्धित खबर

