काठमाडौँ। नेपाल राष्ट्र बैंकले बाढी तथा डुबान प्रभावित नागरिकका लागि सहयोग जुटाउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरिने डिजिटल कारोबारको अधिकतम सीमा हटाएको छ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले मोबाइल बैंकिङ, वेब एप्लिकेसन र डिजिटल वालेटमार्फत यी कोषमा रकम जम्मा गर्दा एकीकृत निर्देशन, २०८२ बमोजिमको कारोबार सीमा लागू नहुने व्यवस्था गरेको हो।
राष्ट्र बैंकका अनुसार यस व्यवस्थाले व्यक्ति तथा संस्थालाई बिना कारोबार सीमा प्रभावित नागरिकका लागि आर्थिक सहयोग पठाउन सहज हुनेछ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि विभिन्न बैंकमा रहेका आधिकारिक खातामा तथा प्रधानमन्त्री राहत कोषका लागि राष्ट्रिय वाणिज्य बैंकमा रहेका खातामा रकम जम्मा गर्न सकिनेछ।
२०८३ भाद्र ११, बिहीबार १६:२८ प्रकाशित


