केरुङमा भीषण बाढी, ३ जनाको मृत्यु


काठमाडौं ।  चीनको तिब्बतस्थित केरुङ काउन्टीमा बुधबार आएको भीषण बाढीमा परी ३ जनाको मृत्यु भएको छ भने ५५८ जना बेपत्ता भएका छन्।

बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि चिनियाँ जनमुक्ति सेना (पीएलए) र स्थानीय उद्धार टोली परिचालन गरिएको छ। उद्धार कार्यको समन्वय गर्न पीएलएको वेस्टर्न थिएटर कमान्डको टोली बिहीबार सैन्य विमानमार्फत प्रभावित क्षेत्रमा पुगेको छ।

बाढीका कारण केरुङ क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी छ।

२०८३ भाद्र ११, बिहीबार ०९:१९ प्रकाशित
ट्रेन्डिङ समाचार