केरुङ बाढीपहिरोमा उद्धार तीव्र पार्न राष्ट्रपति सीको निर्देशन


काठमाडौं ।चीनका राष्ट्रपति सी जिनपिङले नेपाल–चीन सीमावर्ती क्षेत्र केरुङमा बाढीपहिरोका कारण बेपत्ता भएकाहरूको खोज तथा उद्धारलाई तीव्रता दिन निर्देशन दिएका छन्।

सिन्ह्वालाई उद्धृत गर्दै ग्लोबल टाइम्सले जनाएअनुसार राष्ट्रपति सीले उपलब्ध सबै क्षमता प्रयोग गरी बेपत्ताको खोजी तथा उद्धार गर्न निर्देशन दिएका हुन्।

बाढीपहिरोका कारण दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित केरुङ नाकामा क्षति पुगेको छ। सीमा क्षेत्रको चिनियाँ बन्दरगाहमा ठूलो जनधनको क्षति भएको समाचारमा उल्लेख छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार