काठमाडौँ। रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित २५ जनाको नेपाली सेनाले उद्धार गरेको छ। सेनाका अनुसार टिमुरे, स्याफ्रु तथा नुवाकोटको त्रिशूली क्षेत्रबाट उनीहरूको उद्धार गरिएको हो।
बाढी प्रभावितको उद्धार, राहत तथा प्रतिकार्यका लागि नेपाली सेनाका ६ र निजी क्षेत्रका ८ गरी १४ हेलिकप्टर परिचालन गरिएको छ। ती हेलिकप्टरमार्फत आवश्यकताअनुसार घाइते तथा प्रभावितको उद्धार र राहतमा सहयोग गरिने सेनाले जनाएको छ।
घाइतेको उपचारका लागि सेनाले दुई जना सर्जनसहित २० जना विशेषज्ञ चिकित्सकको टोली त्रिशूलीस्थित मैथली ब्यारेकमा तैनाथ गरेको छ। त्रिशूली अस्पतालसँग सडक सम्पर्क टुटेपछि ब्यारेकबाट स्वास्थ्य सेवा प्रदान गर्न चिकित्सकको टोली परिचालन गरिएको सेनाले जनाएको छ।
सम्बन्धित खबर

