काठमाडौं । बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेनाले मेडिकल टिमसहित हेलिकप्टर परिचालन गरेको छ।
सेनाको एआई-१७ हेलिकप्टर इमर्जेन्सी मेडिकल रेस्क्यु टिम (ईएमआरटी) बोकेर त्रिशूलीतर्फ उडेको सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले जानकारी दिएका छन्। धुन्चे र त्रिशूलीबाट पनि उद्धार टोली परिचालन गरिएको छ।
तिब्बततर्फबाट आएको बाढीले रसुवाको भोटेकोशीमा प्रभाव पारेको छ भने बाढी नुवाकोट हुँदै धादिङसम्म पुगेको जनाइएको छ।
२०८३ भाद्र १०, बुधबार ११:०५ प्रकाशित


