भोटेकोशी बाढीबारे प्रधानमन्त्रीले बोलाए आपत्कालीन बैठक


काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावितको उद्धार तथा जोखिममा रहेका नागरिकको सुरक्षाका लागि प्रधानमन्त्री बालेन शाहले आपत्कालीन बैठक बोलाएका छन्।

बैठकमा राष्ट्रिय विपद् प्राधिकरणका पदाधिकारी तथा सुरक्षा निकायका प्रतिनिधिहरू सहभागी हुनेछन्। प्रधानमन्त्री शाहले प्रभावितको तत्काल उद्धार गर्न र तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उद्धार तथा जोखिम न्यूनीकरणका लागि आवश्यक कदम चाल्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

२०८३ भाद्र १०, बुधबार ११:०१ प्रकाशित
ट्रेन्डिङ समाचार