काठमाडौँ । मनसुनी वायुको प्रभावका कारण आज देशभर बदली रही विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। यस्तै, हिमाली, पहाडी तथा तराईका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति पनि कोशी, बागमती र गण्डकीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
२०८३ भाद्र ६, शनिबार ०६:२० प्रकाशित


