भदौ ६ गते शनिबार,यस्तो छ तपाईंको राशिफल


मेष : तपाईंका लागि शुरुमा स्वास्थ्य समस्या भए पनि बेलुकीपख लाभ, सम्मान हुने देखिन्छ । वृष : धन लाभ, जीवनसाथीबाट सहयोग हुने देखिन्छ । बेलुकीपख भने रोग, कार्य बाधा हुन सक्छ । मिथुन : दिन शुभ फलदायक छ । आर्थिक लाभ, स्वास्थ्य लाभ, प्रेममा सफलता, शुभ यात्रा होला । कर्कट : समय शुभ भएकाले काममा सफलता, धन लाभ, प्रतिस्पर्धामा विजय सुख हुने देखिन्छ । सिंह : स्वास्थ्य प्रतिकूल हुन सक्छ । बेलुकीपख स्वास्थ्य अनुकूल हुँदा कार्य सफल हुने देखिन्छ । कन्या : दिन शुभ हुँदा द्रव्य लाभ, पराक्रम वृद्धि होला । बेलुका भने दौडधूप, तनाव हुन सक्छ । तुला : तपाईंका लागि समय शुभ छ । धन लाभ, क्षमता वृद्धि, पुरस्कार प्राप्तिको सम्भावना छ । वृश्चिक : दिन शुभ फलदायक छ । अन्नलाभ, उपहार प्राप्ति, कूटनीतिक सफलता, सन्तोष होला । धनु : धन नाश, स्वास्थ्य समस्या हुन सक्छ । बेलुकीपख भने भाग्योदय, कार्य सफल हुने देखिन्छ । मकर : उत्तम भोजन प्राप्ति, लाभ हुने देखिन्छ । बेलुका भने अस्वस्थता हुने सम्भावना छ । कुम्भ : समय शुभ छ । सुख–सन्तोष, कार्य सफल, सेवा वा वस्तु प्राप्ति, आर्थिक लाभ होला । मीन : दिन शुभ भएकाले राज्यबाट लाभ, कार्य सफल, मन प्रफुल्लित हुने सम्भावना छ ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार