नेप्से ७.१७ अङ्कले बढ्यो


काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ७.१७ अङ्कले बढेर २ हजार ६२९.४० विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार सेन्सेटिभ परिसूचक १.८८ अङ्कले बढेर ४६२.८९, फ्लोट सूचक ०.४२ अङ्कले बढेर १८०.३८ र सेन्सेटिभ फ्लोट सूचक ०.५५ अङ्कले बढेर १५६.३१ विन्दुमा पुगेको छ।

आज ९५ लाख ७६६ कित्ता सेयर ४ अर्ब ४० करोड १४ लाख ९ हजार ८५८ रुपैयाँमा कारोबार भएको छ। १३ उपसमूहमध्ये ६ को मूल्य बढ्दा ७ उपसमूह घटेका छन्। कुल ३२ कम्पनीको सेयर मूल्य बढेको, १३२ कम्पनीको घटेको र १३ कम्पनीको मूल्य स्थिर रहेको छ।

आज सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनी र एनआईसी एसिया सेलेक्ट फण्डका लगानीकर्ता लाभान्वित हुँदा कुमारी धनवृद्धि योजना, कुमारी इक्विटी फण्ड र खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

२०८३ भाद्र ४, बिहीबार १७:४४ प्रकाशित
ट्रेन्डिङ समाचार