ADVERTISEMENT

सुरक्षा जोखिमपछि ट्रम्पले बदले ‘एयर फोर्स वन’


अंकारा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीको राजधानी अंकाराबाट स्वदेश फर्किने क्रममा सुरक्षा जोखिमका कारण आफ्नो आधिकारिक विमान ‘एयर फोर्स वन’ परिवर्तन गर्नुपरेको बताएका छन्।

ट्रम्पका अनुसार सीक्रेट सर्भिस र अमेरिकी सेनाको सल्लाहमा उनलाई एयर फोर्स वन छाडेर अर्को सैन्य विमानमार्फत फर्काइएको हो। पत्रकारहरूसँग कुरा गर्दै उनले सुरक्षा खतराको प्रकृति वा स्रोतबारे विस्तृत जानकारी भने दिएनन्।

ट्रम्पले भने, “म सीक्रेट सर्भिस र सेनाले जे भन्छन्, त्यही पालना गर्छु। उनीहरूले मलाई अर्कै उडान र अर्कै विमानबाट जान आग्रह गरे।”

जुलाई ८, २०२६ मा अंकारा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने तयारी भइरहेका बेला उक्त सुरक्षा जोखिम पहिचान गरिएको बताइएको छ। सो समयमा एयर फोर्स वन विमानस्थलको टार्मकमा पार्क गरिएको थियो। सुरक्षा सतर्कतापछि ट्रम्पलाई अन्तिम समयमा अर्को सैन्य विमानमा सारिएको थियो।

ट्रम्पले आफूले खतरा के थियो भन्नेबारे धेरै सोधखोज नगरेको बताउँदै भने, “मलाई लाग्छ त्यहाँ कुनै खतरा थियो।”

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार