सीटीईभीटी श्रमिकद्वारा केन्द्रीय कार्यालय घेराउ


काठमाडौँ ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिकहरूले रोजगारी सुरक्षा र सेवा–सुविधाको माग गर्दै केन्द्रीय कार्यालय घेराउ गर्ने भएका छन्।

श्रमिकहरूले रोजगारीबाट बाहिरिएका ७४ जनालाई पुनः काममा फर्काउनुपर्ने, करार कर्मचारीलाई दसैँ पेस्की, पोसाक, प्रशिक्षण तथा दुर्गम र स्थानीय भत्तालगायत सुविधा दिनुपर्ने माग गरेका छन्।

मासिक ज्यालादारी कर्मचारीलाई यथावत् काम गर्न दिनुपर्ने तथा आन्दोलनमा सहभागी भएकै आधारमा विभेद वा प्रतिशोध नगर्न पनि उनीहरूले माग गरेका छन्।

मागबारे लिखित प्रतिबद्धता, कार्यान्वयनको समयसीमा र स्पष्ट कार्ययोजना माग गर्दै समितिले माग पूरा नभएसम्म खबरदारी आन्दोलन जारी राख्ने जनाएको छ।

२०८३ श्रावण २६, मंगलवार १२:३६ प्रकाशित
ट्रेन्डिङ समाचार