काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी तनाव चाँडै अन्त्य हुन सक्ने बताएका छन्। ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उनले दुई देशबीचको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको र इरानले नै वार्ताको पहल गरेको दाबी गरे।
एपीका अनुसार ओमानको मध्यस्थतामा होर्मुज स्ट्रेटसम्बन्धी सम्झौताको मस्यौदा अन्तिम चरणमा पुगेको छ। यद्यपि, इरानको संसद्मा अमेरिका, इजरायल र अन्य शत्रु राष्ट्रका जहाजलाई होर्मुज प्रवेशमा रोक लगाउने विधेयक पनि पेस भएको छ।
यसैबीच, होर्मुज र बाब अल–मन्देब क्षेत्रमा जहाज आवतजावत घट्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। विश्वका प्रमुख सिपिङ सङ्गठनहरूले होर्मुजमा अतिरिक्त शुल्क नलगाउन आग्रह गरेका छन्।
२०८३ श्रावण २२, शुक्रबार १२:३८ प्रकाशित


