काठमाडौं । पेरुको नाज्का सहरनजिक युरोपेली पर्यटक बोकेको दृश्यावलोकन विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा सात इटालियन, दुई स्पेनी, दुई जर्मन नागरिकसहित पाइलट र सहपाइलटको ज्यान गएको पेरुको यातायात मन्त्रालयले जनाएको छ।
प्रसिद्ध ‘नाज्का लाइन्स’ अवलोकन गराउन उडेको विमान इका सहरबाट उडेको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ भने नाज्का विमानस्थलको सञ्चालनबारे सम्बन्धित निकायको प्रतिवेदनपछि निर्णय गरिने राष्ट्रपति केइको फुजिमोरीले बताउनुभएको छ।
२०८३ श्रावण १७, आईतवार १४:३९ प्रकाशित


