काठमाडौं । अमेरिका–इरानबीचको तनाव कायमै रहेका बेला क्षेत्रीय कूटनीतिक गतिविधि तीव्र बनेका छन्। पूर्व अमेरिकी विश्लेषकले अमेरिका रणनीतिक गतिरोधमा पुगेको बताएका छन्। यता हुथी समूहले बाब अल–मन्देब हुँदै आवतजावत गर्ने जहाजबाट शुल्क नलिने स्पष्ट पारेको छ।
साउदी अरबले गाजामा युद्ध अन्त्यका लागि तयार गरिएको शान्ति प्रस्तावको समर्थन गरेको छ भने इरान र बेलायतले पनि क्षेत्रीय तनाव घटाउन कूटनीतिक संवादलाई निरन्तरता दिएका छन्।