सिटिजन्स बैंकका ग्राहकलाई नेओटेरिक नेपालका इलेक्ट्रोनिक सामानमा १५% छुट


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नियो भर्स प्रा.लि. (नेओटेरिक नेपाल), झम्सिखेल ललितपुरबीच ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीअनुसार सिटिजन्स बैंकका कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले नेओटेरिक नेपालका विभिन्न इलेक्ट्रोनिक सामान खरिदमा १५ प्रतिशतसम्म छुट पाउनेछन्।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता ग्राहक लक्षित सुविधा सञ्चालन गर्दै आएको जनाएको छ। डिजिटल माध्यमबाट भुक्तानी गर्दा प्राप्त हुने छुट तथा अन्य सुविधाको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध हुने बताइएको छ।

सिटिजन्स बैंकले यसअघि फोनपेसँगको सहकार्यमा “सिटिजन्स फोनपे क्रेडिट कार्ड” सञ्चालनमा ल्याउनुका साथै युवा लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट”, “सिटिजन्स डिजी बैंक सेवा” र फ्रिलान्सर लक्षित “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” लगायतका सेवा सञ्चालनमा ल्याएको छ।

२०८३ श्रावण ८, शुक्रबार २१:२२ प्रकाशित
ट्रेन्डिङ समाचार