काठमाडौं । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा इरानी आक्रमणमा तीन अमेरिकी सैनिक मारिएपछि पनि इरानको सैन्य क्षमता कमजोर नभएको विश्लेषकहरूले बताएका छन्।
उनीहरूका अनुसार लगातार अमेरिकी हवाई आक्रमणका बाबजुद इरानले मिसाइल र ड्रोन क्षमतामा सुधार गर्दै अमेरिकी प्रतिरक्षा प्रणालीलाई चुनौती दिइरहेको छ। अमेरिकी सेनाका अनुसार युद्धमा हालसम्म १८ सैनिकको मृत्यु र करिब ५०० जना घाइते भएका छन्।
विज्ञहरूले इरानसँग अझै उन्नत हतियार र दीर्घकालीन युद्ध सञ्चालन गर्ने क्षमता बाँकी रहेको बताएका छन्।