जग्गा कारोबारमा ७४ लाख ठगीको आरोप, पीडितद्वारा छानबिन माग
काठमाडौं । उदयपुरकी सरिता कार्कीले जग्गा कारोबारका क्रममा आफू ७४ लाख ७० हजार रुपैयाँ बराबरको ठगी र अन्यायमा परेको दाबी गर्दै न्यायको माग गरेकी छन्।
कार्कीले पाँच वर्षअघि काठमाडौंको तार्केश्वर नगरपालिका–काभ्रेस्थलीमा रहेको ४ आना जग्गा खरिदका लागि उमामाया तामाङको रियल स्टेट कम्पनीमार्फत ५४ लाख रुपैयाँ बैना बुझाएको बताइन्। तर जग्गा नामसारी नभएको र उमामाया तामाङ सम्पर्कविहीन भएको उनको भनाइ छ।
उनले यस विषयमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेपछि घरजग्गा रोक्का गर्ने आदेश भए पनि पछि लिलाम प्रक्रिया अघि बढाइएको आरोप लगाएकी छन्। कार्कीले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेकी छन्।