४ वर्षदेखिको २९ लाख स्मार्ट लाइसेन्सको ब्याकलग छपाइ सकियो


काठमाडौँ। यातायात व्यवस्था विभागमा चार वर्षदेखि थुप्रिएको करिब २९ लाख स्मार्ट ड्राइभिङ लाइसेन्सको ब्याकलग छपाइ सम्पन्न भएको छ। सुरक्षण मुद्रण केन्द्रले सम्झौताअनुसार २५ लाख ९२ हजार ४१७ वटा लाइसेन्स छापिसकेको जनाएको छ।

एक वर्षभन्दा कम म्याद बाँकी रहेका करिब ३ लाख ७ हजार लाइसेन्स भने तत्काल नछापिने विभागले जनाएको छ। ती लाइसेन्स सेवाग्राहीले नवीकरण गरेपछि मात्र छापिनेछन्।

विभागका अनुसार छापिएका लाइसेन्स विभागमा हस्तान्तरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अब नयाँ तथा नवीकरण गरिएका लाइसेन्स दैनिक ३–४ हजारको दरले सुरक्षण मुद्रण केन्द्रबाट निरन्तर छापिनेछन्।

२०८३ असार ३२, बिहीबार १३:०१ प्रकाशित
ट्रेन्डिङ समाचार