अतिरिक्त समयमा अर्जेन्टिनाको शानदार जित, सेमिफाइनलमा इंग्ल्यान्डसँग भेट


काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले हराउँदै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

कान्सास सिटी स्टेडियममा भएको क्वार्टरफाइनलमा एलेक्सिस म्याक एलिस्टरले सुरुआती गोल गरेपछि स्विट्जरल्यान्डका डान एनडोयेले बराबरी गोल फर्काएका थिए। निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो।

अतिरिक्त समयमा जुलियन अल्भारेज र लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई ३–१ को जित दिलाए। अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि इंग्ल्यान्डसँग प्रतिसर्धा गर्नेछ।

२०८३ असार २८, आईतवार ०९:५९ प्रकाशित
ट्रेन्डिङ समाचार