आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन


काठमाडौं ।  आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ।

उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो भने अनुहार र श्वासप्रश्वास नलीमा समेत गम्भीर क्षति पुगेको थियो। उनलाई वीर अस्पतालको बर्न आइसियुमा भेन्टिलेटरमा राखेर २१ सदस्यीय चिकित्सक टोलीले उपचार गरिरहेको थियो।

थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी गरिए पनि स्वास्थ्य अवस्था अस्थिर रहेकाले स्थानान्तरण सम्भव नभएको अस्पतालले जनाएको छ। चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले पुष्टि गरेको छ।

२०८३ असार २६, शुक्रबार ११:५९ प्रकाशित
ट्रेन्डिङ समाचार