काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज ऊर्जा क्षेत्रका उद्यमीहरूसँग छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ः३० बजे हुने छलफलमा ऊर्जा क्षेत्रका समसामयिक समस्या, चुनौती र समाधानका उपायबारे छलफल हुने जनाइएको छ।
उद्योगी–व्यवसायीसँग भेटघाटलाई निरन्तरता दिँदै आएका प्रधानमन्त्री शाहले ऊर्जा क्षेत्रका समस्या र सम्भावनाबारे प्रत्यक्ष संवाद गर्न ऊर्जा उद्यमीहरूलाई बोलाएका हुन्।
छलफलमा इप्पान अध्यक्ष मोहन डाँगी, निवर्तमान अध्यक्ष गणेश कार्की र वरिष्ठ उपाध्यक्ष उत्तम लामालगायत ऊर्जा उद्यमीहरूको सहभागिता रहनेछ।
२०८३ असार २६, शुक्रबार ११:१२ प्रकाशित



