काठमाडौँ । मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन वीर अस्पतालले शुक्रबार बिहान १० बजे पत्रकार सम्मेलन गर्ने भएको छ।
उपचारमा संलग्न चिकित्सकका अनुसार ५५ प्रतिशत शरीर जलेका नेपालीको अवस्था अझै गम्भीर तथा अस्थिर छ। उनलाई भारतको नयाँदिल्लीस्थित एम्स अस्पताल लैजाने तयारी गरिए पनि स्वास्थ्य अवस्था स्थिर नभएकाले हाल वीर अस्पतालको बर्न आइसियुमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा २१ सदस्यीय विशेषज्ञ टोली उपचारमा संलग्न रहेको अस्पतालले जनाएको छ।
२०८३ असार २६, शुक्रबार ०९:५२ प्रकाशित



