धादिङको धुनिबेसी–८ मा मल वितरणमा अनियमितताको आशंका, छानबिनको माग


काठमाडौं   ।  धादिङको  धुनिबेसी नगरपालिका वडा नं. ८ मा किसानका लागि ल्याइएको रासायनिक मल वितरणमा अनियमितता भएको आशंका गरिएको छ। स्थानीय किसानका अनुसार ४५० बोरा मलमध्ये २३० बोरा वितरण गर्ने भनिए पनि हालसम्म १६७ जना किसान मलबाट वञ्चित भएका छन् भने करिब ७० बोरा मल कुनै स्पष्ट कारणबिना फिर्ता पठाइएको बताइएको छ।

किसानहरूले सुरुआतमा कुपन प्रणाली लागू नगरिए पनि पछि एकाएक कुपन प्रणाली लागू गरिएको भन्दै वितरण प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठाएका छन्। उनीहरूले वास्तविक कृषकहरूलाई मल उपलब्ध गराई वितरण प्रक्रियाबारे निष्पक्ष छानबिन गरी वास्तविक अवस्था सार्वजनिक गर्न वडा कार्यालय, नगरपालिका तथा सम्बन्धित निकायसँग माग गरेका छन्।

२०८३ असार १८, बिहीबार ०८:४६ प्रकाशित
ट्रेन्डिङ समाचार