रास्वपा केन्द्रीय समिति बैठक सम्पन्न, तीन निर्णय


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सम्पन्न भएको छ।

बैठकले महाधिवेशन सफल बनाउन योगदान दिने उपसमितिहरूलाई धन्यवाद दिने निर्णय गरेको छ। साथै, लेखा आयोगको पुरानो कमिटी विघटन गरी सोही टिमलाई जिम्मेवारी दिने निर्णय गरिएको छ।

यस्तै, अनुशासन आयोगमा उच्च अदालतका पूर्व न्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गरिएको पार्टीले जनाएको छ।

२०८३ असार १७, बुधबार १५:२६ प्रकाशित
ट्रेन्डिङ समाचार