बँदेलका लागि राखेको करेन्टमा परेर महिलाको मृत्यु


काठमाडौँ ।   गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा बँदेल नियन्त्रण गर्न बारीमा राखिएको करेन्टमा परेर ६० वर्षीया हुमकला भण्डारीको मृत्यु भएको छ। उनका श्रीमान् ६६ वर्षीय भेषराज भण्डारीले बिजुलीको पोलबाट करेन्ट प्रवाह गरेका थिए।

करेन्ट लागेर गम्भीर घाइते भएकी हुमकलाको जिल्ला अस्पताल तम्घासमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले भेषराज भण्डारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

२०८३ असार १७, बुधबार १०:१२ प्रकाशित
ट्रेन्डिङ समाचार