मौद्रिक नीतिले बैंकिङ क्षेत्रका समस्या सम्बोधन गरोस् : बैंकर्स संघ


काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोईरालाले आगामी मौद्रिक नीतिले बैंकिङ क्षेत्रले भोगिरहेका समस्या समाधानतर्फ केन्द्रित हुने विश्वास व्यक्त गरेका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा उनले खराब कर्जा (एनपीए) वर्गीकरणमा पुनरावलोकन, सम्पत्ति व्यवस्थापन कम्पनी (एएमसी) कार्यान्वयन र डिबेन्चर रिडेम्पसन रिजर्भ व्यवस्थामा सुधार आवश्यक रहेको बताए।

बैंकहरूको पुँजीमा प्रतिफल करिब ७ प्रतिशत मात्र रहेको उल्लेख गर्दै उनले बैंकहरूलाई नाफामुखी मात्र भनेर हेर्न नहुने धारणा राखे। साथै, आगामी मौद्रिक नीति आर्थिक वृद्धिलाई सहयोग गर्ने गरी खुकुलो र सुधारात्मक हुने अपेक्षा पनि व्यक्त गरे।

२०८३ असार १६, मंगलवार १९:५५ प्रकाशित
ट्रेन्डिङ समाचार