विश्वकपको समूह चरणबाट १६ टोली बाहिरिए, उरुग्वेसहित ३२ टोली नकआउटमा
काठमाडौं । फिफा विश्वकप २०२६ को समूह चरणका सबै ७२ खेल सम्पन्न भएसँगै नकआउट चरणमा पुग्ने ३२ टोलीको टुङ्गो लागेको छ भने १६ टोलीको यात्रा समूह चरणमै सकिएको छ।
समूह चरणबाट बाहिरिने टोलीहरूमा दुई पटकको पूर्व विश्वविजेता उरुग्वेसमेत परेको छ। एसियाबाट सहभागी ९ टोलीमध्ये जापान र अस्ट्रेलियाले मात्र नकआउटमा स्थान बनाए भने दक्षिण कोरिया, इरान, जोर्डन, इराक, साउदी अरेबिया, उज्बेकिस्तान र कतार बाहिरिए।
यस्तै, युरोपका चेक रिपब्लिक, स्कटल्यान्ड र टर्की, ओसियानाको न्यूजिल्यान्ड, अफ्रिकाको ट्युनिसिया तथा कन्काकाफका पानामा, हाइटी र कुरासाओ पनि समूह चरणबाटै बाहिरिएका छन्।