काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकका लागि १२ वटा कार्यसूची तय गरिएको छ, जसमा विभिन्न आर्थिक तथा कानुनी महत्त्वका विधेयकमाथि छलफल र निर्णय हुने कार्यक्रम रहेको छ।
बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस गरिनेछ भने सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण, सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी संशोधन विधेयक प्रस्तुत गरिने कार्यसूची छ। साथै, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि निर्णय हुने तथा पूर्वसांसद राजेन्द्र खरेलको निधनप्रति शोक प्रस्ताव पनि प्रस्तुत गरिनेछ।
२०८३ असार १४, आईतवार १०:०४ प्रकाशित

