आज कोशी, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा


काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशभर तथा गण्डकी र लुम्बिनीका केही क्षेत्रमा मनसुन सक्रिय रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी ४–५ दिनभित्र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका बाँकी क्षेत्रमा पनि मनसुन विस्तार हुने सम्भावना छ।

आज कोशी, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ। साथै, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो हावा चल्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

२०८३ असार १३, शनिबार ०७:३० प्रकाशित
ट्रेन्डिङ समाचार