११ महिनामा मोबाइल आयातमा ६१ अर्ब खर्च, औसत मूल्य ३० हजार


काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि जेठसम्म नेपालमा २० लाख ४१ हजार स्मार्टफोन आयात भएका छन्। भन्सार विभागका अनुसार ती मोबाइलको बजार मूल्य करिब ६० अर्ब ८३ करोड रुपैयाँ पुगेको छ भने भन्सार मूल्य ४३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। यस अवधिमा सरकारले ८ अर्ब १० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

तथ्यांकअनुसार नेपालमा भित्रिएका स्मार्टफोनको औसत बजार मूल्य करिब ३० हजार रुपैयाँ रहेको छ। पछिल्लो समय प्रिमियम स्मार्टफोनको माग बढ्दै जाँदा आयात मूल्य पनि हालसम्मकै उच्च पुगेको छ। यससँगै स्मार्टफोन आयातका कारण मासिक करिब ४ अर्ब रुपैयाँ बराबरको वैदेशिक मुद्रा बाहिरिने गरेको देखिएको छ।

 

२०८३ असार १२, शुक्रबार १९:२२ प्रकाशित
ट्रेन्डिङ समाचार