पौडेलको रिटमा असार १६ गते सुनुवाइ


काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा असार १६ गते सुनुवाइ हुने भएको छ।

उनकी पत्नी दोमाया पौडेलले असार १० गते गैरकानुनी थुनामा राखिएको दाबी गर्दै रिट दायर गरेकी थिइन्। न्यायाधीश श्रीकान्त पौडेलको इजलासले महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्दै असार १६ गते सुनुवाइ तोकेको हो।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका पौडेललाई विशेष अदालतले अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। उनीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ।

२०८३ असार १२, शुक्रबार १९:१७ प्रकाशित
ट्रेन्डिङ समाचार