‘सरकारको उपस्थिति काठमाडौंमा देखिएन : सांसद परियार’
काठमाडौं । नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले पछिल्लो एक सातादेखि काठमाडौंमा सरकारको उपस्थिति नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले सरकार चितवनकेन्द्रित कार्यक्रममा व्यस्त हुँदा संसदका कामकारबाही प्रभावित भएको र आन्दोलनरत नागरिक तथा कक्षा १२ को नतिजापछि असन्तुष्ट विद्यार्थीका मागप्रति सरकार संवेदनशील बन्नुपर्ने बताएका छन्।
साथै, उनले सबै आन्दोलनरत नागरिकका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।