२४ घण्टामा उपत्यकामा २,४३८ सवारीचालक कारबाहीमा, रु २०.७९ लाख राजस्व सङ्कलन


काठमाडौं  । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ४३८ सवारीचालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा रु २० लाख ७९ हजार राजस्व सङ्कलन भएको छ।

कारबाहीमा मादकपदार्थ सेवन गरी सवारी चलाउने ८५, नियमविपरीत राइड सेयरिङ गर्ने १३०, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १२३, तीव्रगतिमा सवारी चलाउने १६०, लेन अनुशासन उल्लङ्घन गर्ने १२२, निषेधित क्षेत्रमा हर्न बजाउने ८८, लागुपदार्थ सेवन गरी सवारी चलाउने तीन, बढी धुवाँ फाल्ने २७ तथा अन्य विभिन्न नियम उल्लङ्घन गर्ने एक हजार ७०० चालक परेका छन्। ट्राफिक प्रहरीले सवारी नियमको पालना गर्न सबैलाई आग्रह गरेको छ।

२०८३ असार १२, शुक्रबार ०९:३१ प्रकाशित
ट्रेन्डिङ समाचार