२४ घण्टामा २,५१९ सवारीचालक कारबाही, १९ लाखभन्दा बढी राजस्व संकलन
काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गरेको आरोपमा २ हजार ५ सय १९ जना सवारीचालकलाई कारबाही गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा १९ लाख ३१ हजार ५ सय २ रुपैयाँ राजस्व संकलन भएको छ।
कारबाहीमा मादकपदार्थ सेवन गरी सवारी चलाउने ९२, नियमविपरीत राइड सेयरिङ गर्ने १६३, ट्राफिक बत्ती उल्लङ्घन गर्ने ९९ र तीव्र गतिमा सवारी चलाउने ११५ जना परेका छन्। साथै लेन अनुशासन उल्लङ्घन गर्ने १०९, निषेधित क्षेत्रमा हर्न बजाउने १००, लागूपदार्थ सेवन गरी सवारी चलाउने ३, बढी धुवाँ फाल्ने १९ तथा अन्य विभिन्न नियम उल्लङ्घन गर्ने १ हजार ८ सय १९ जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।