ADVERTISEMENT

उत्तर कोरियाले १० हजार टनको युद्धपोत बनाउने


काठमाडौं । उत्तर कोरियाले १० हजार टन क्षमताको रणनीतिक युद्धपोत निर्माण गर्ने योजना सार्वजनिक गरेको छ। नेता किम जोङ उनले नाम्पो बन्दरगाहमा आयोजित समारोहमा उक्त योजना घोषणा गर्दै नौसेनालाई आणविक हतियारले सुसज्जित बनाउने कार्यक्रम पनि अघि बढिरहेको बताए।

सो अवसरमा ५ हजार टन क्षमताको चोए ह्योन युद्धपोतलाई औपचारिक रूपमा नौसेनामा समावेश गरिएको थियो। किमले अर्को विनाशक युद्धपोत ‘काङ कोन’ पनि चाँडै सञ्चालनमा ल्याइने जानकारी दिए।

उत्तर कोरियाले अब प्रत्येक वर्ष चोए ह्योनभन्दा उन्नत दुईवटा सतही युद्धपोत निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार