कंगोलाई हराउँदै कोलम्बिया अन्तिम १६ मा


काठमाडौँ ।   ड्यानिएल मुनोजले ७६औँ मिनेटमा गरेको एकमात्र गोलको मद्दतमा कोलम्बियाले डिआर कंगोलाई १–० ले पराजित गरेको छ।

लगातार दोस्रो जित निकालेसँगै कोलम्बिया ६ अंकसहित समूह ‘के’को शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको हो।

कंगो भने १ अंकसहित तेस्रो स्थानमा रहेको छ। अन्तिम समूह खेलमा कोलम्बियाले पोर्चुगल र कंगोले उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछन्।

२०८३ असार १०, बुधबार १०:१३ प्रकाशित
ट्रेन्डिङ समाचार