बीमा–सेयर प्रकरणमा ४० विरुद्ध मुद्दा सिफारिस, प्रभावशाली पात्रमाथि प्रश्न


काठमाडौं ।  केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बीमा कम्पनीहरूको अर्बौं रुपैयाँ धितोपत्र बजारमा दुरुपयोग भएको निष्कर्षसहित ४० जना व्यक्ति तथा संस्थाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ।

हिमालयन लाइफ इन्स्योरेन्स, हिमालयन रि–इन्स्योरेन्स, भृकुटी स्टक ब्रोकिङ तथा अन्य कम्पनीहरू जोडिएको प्रकरणमा पूर्व सीईओ मनोजकुमार कर्ण, व्यवसायी दीपक भट्ट र अग्रवाल परिवारसँग सम्बन्धित कारोबारबारे चर्चा भए पनि उनीहरूको भूमिकामाथि पर्याप्त अभियोजन नभएको भन्दै प्रश्न उठेको छ।

प्रतिवेदनअनुसार हिमालयन क्यापसर्भमा करिब ३७ करोड रुपैयाँ आर्थिक दुरुपयोग भएको देखिएको छ भने हिमालयन रि–इन्स्योरेन्सबाट आएको २ अर्ब ७३ करोड रुपैयाँ विभिन्न ग्राहक खाताको सेयर कारोबार राफसाफ गर्न प्रयोग भएको उल्लेख छ।

साथै, तत्कालीन अध्यक्ष शुलभ अग्रवालसँग सम्बन्धित सेयर हस्तान्तरण र रकम स्थानान्तरणको विषयलाई पनि अनुसन्धानकर्ताले कानुनी बन्देज छल्ने सम्भावित उपायका रूपमा औंल्याएका छन्।

२०८३ जेष्ठ २७, बुधबार २१:४७ प्रकाशित
ट्रेन्डिङ समाचार