कोरला नाकाबाट ६ अर्ब ६६ करोड राजस्व संकलन


काठमाडौं  गत भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको नेपाल–चीन उत्तरी कोरला नाकाबाट आयात–निर्यात भएका वस्तुबाट उक्त राजस्व संकलन भएको हो। भन्सार प्रमुख विदुर चुँडालका अनुसार चीनबाट आयात गरिएका विद्युतीय सवारी (इभी), लत्ताकपडा, कस्मेटिक तथा इलेक्ट्रोनिक सामानबाट उल्लेख्य राजस्व प्राप्त भएको छ।

सो अवधिमा कोरला नाका हुँदै २ हजार ९९७ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन्। ती सवारीको आयातबाट मात्रै ६ अर्ब ७६ करोड २ लाख रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ।

यता, नेपालबाट हस्तकला तथा स्वदेशी उत्पादन चीनतर्फ निर्यात हुँदा २० करोड ५५ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

हाल कोरला नाकाबाट आयात गरिएका ६४९ वटा विद्युतीय सवारीको भन्सार प्रक्रिया सम्बन्धी विषयमा सरकारद्वारा छानबिन भइरहेको छ। यसका लागि गठन गरिएको तीन सदस्यीय समितिले सम्बन्धित क्षेत्रको अनुगमनसमेत सम्पन्न गरिसकेको छ।

२०८३ जेष्ठ २६, मंगलवार २०:१७ प्रकाशित
ट्रेन्डिङ समाचार