यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर


काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। शुक्रबारका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो, अष्ट्रेलियन डलरलगायतको मूल्य बढेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय एक सय ७० रुपैयाँ ९० र बिक्रीदर एक सय ७१ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ २९ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिदद र ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८८ पैसा र बिक्रीदर आठ रुपैयाँ ९२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा कायम भएको छ।

२०८१ मंसिर १४, शुक्रबार १०:३९ प्रकाशित
ट्रेन्डिङ समाचार