काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको ३० औँ वार्षिक साधारण सभाले लेखा परीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले सेयरधनीहरुलाई आ.ब २०८०,८१ का लागि १०५ बोनस शेयर र ५.५३५ नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत)वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साथै सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीहरुका तर्फबाट नवीन भक्त श्रेष्ठ र उर्मिला श्रेष्ठलाई आगामी ४ वर्षका लागि पुनः निर्विरोध निर्वाचित गरेको छ । आ.ब २०८१,८२ को लागि श्री एन.अमात्य एन्ड कम्पनीलाई लेखा परीक्षकमा पुनः नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।
२०८१ आश्विन २१, सोमबार ०९:३५ प्रकाशित