घट्यो सुनचाँदीको मूल्य


काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ५६ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन बुधबार ३०० रुपैयाँ घटेर १ लाख ५६ हजार ४०० रुपैयाँ कायम भएको हो ।

यस्तै छापावाल सुन प्रति १० ग्राम १ लाख ३४ हजार ९० रुपैयाँ कायम भएको छ । यसैबीच चाँदीको मूल्य पनि सामान्य घटेको छ । मंगलबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर १ हजार ८९० रुपैयाँ कायम भएको हो ।

२०८१ आश्विन २, बुधबार ११:४९ प्रकाशित
ट्रेन्डिङ समाचार