सेयर बजार झिनो अंकले वृद्धि


काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा झिनो अंकको सुधार भएको छ । बुधबार नेप्से परिसूचक ३ दशमलव ८० अंकले बढेर २७८६ दशमलव ४० को विन्दुमा पुगेको छ ।

आज ३२६ कम्पनीका १ लाख ६८ हजार १ सय ७५ पटकको कारोबारमा ३ करोड ५० लाख ७ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार ३ सय रुपैयाँ रहेको छ ।

 

२०८१ भाद्र १२, बुधबार १५:२७ प्रकाशित
ट्रेन्डिङ समाचार