
काठमाडौं। आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९५ पैसा र बिक्री दर १३४ रुपैयाँ ५९ पैसा रहेको छ। युरो एकको खरिद दर १४९ रुपैयाँ ६६ पैसा र बिक्री दर १५० रुपैयाँ ३३ पैसा रहेको छ।
त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७७ रुपैयाँ १७ पैसा र बिक्री दर १७७ रुपैयाँ ९६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७५ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
२०८१ भाद्र १२, बुधबार ०६:४१ प्रकाशित